नेकपाका कोसी ब्युरो सदस्य गौतम रिहा

काठमाडौँ : मोरङको कानेपोखरीबाट चैत्र १० गते गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका कोसी ब्युरो सदस्य माधव गौतम सर्बोच्च अदालतको आदेशमा हालै रिहा भएका छन् । प्रहरीले उनलाई राजद्रोह, हातहतियार र अभद्र ब्यवहारको मुद्दामा गिरफ्तार गरेको थियो । गौतमलाई अदालतले पटक–पटक रिहाईको आदेश गरेपनि प्रहरीले गिरफ्तार गरी विभिन्न ठाउँ घुमाएको थियो । गिरफ्तार लगत्तै सुनसरीको प्रहरी हिरासतमा बसेका उनलाई अदालतबाट झुम्का कारागार लगिएको थियो । भदौ ९ गते झुम्का कारागारबाट धरौटीमा रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरी संखुवासभा पुरयाएको थियो । संखुवासभाबाट फेरी तेह्रथुम कारागार लगिएको थियो । तेह्रथुम कारागारमै रहेको बेला सर्बोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणको रिटबाट गौतम कार्तिक ६ गते रिहा भएका हुन् । गौतमको तर्फबाट बरिष्ठ अधिबक्ता एकराज भण्डारी अधिबक्ताहरु कपिलचन्द्र पोखरेल, दयाराम पोखरेल, कान्तिराम ढुंगाना लगायतले बहस गरेका थिए । नेकपाका पुर्वधनकुटा इन्चार्ज गौतम कोसी ब्युरोमा जनवर्गीय संगठनको विभागीय इन्चार्जको जिम्मेबारीमा रहेको बेला गिरफ्तार परेका थिए । उनीसँगै गिरफ्तार परेका तत्कालीन कोसी ब्युरो संयोजक पुस्कर श्रेष्ठ, प्रज्वल श्रेष्ठ र रमेश खड्का यसअघि नै रिहा भैसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :