धनगढीको वडा कार्यालयमा आगजनी


काठमाडौं : धनगढी उप–महानगरपालिका वडा नम्वर ८ को वडा कार्यालयमा बुधबार राती करिव १० बजेको समयमा अज्ञात समूहले आगजनी गरेको छ । झ्यालको शिशा फुटाएर पेट्रोलको बोत्तल फालेर आगजनी गरिएको वडा अध्यक्ष नारायण बरालले बताए ।

आगो कसले र किन लगायो भन्ने बारे अनुसन्धान भइरहेको र क्षतिको विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

२०७६ असोज २ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :