कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर जिल्लाले बिहीबार भिमदत्त नगरपालिका वडा नं. १९ को वडा कार्यालय भवनमा आगजनी तथा तोडफोड गरेको छ । विकास बजेटको नाममा आएको रकम हिनामिना तथा भ्रष्टाचार गरेको र पटकपटक भन्दा पनि अतेर गरेको कारणले सामाजिक दलाल फासिवादी, रास्ट्रघाती र जनघाती राज्यकाविरुद्ध भिमदत्त नगरपालिका वडा कार्यालयमा चेतावनीसहित आगजनीसँगै तोडफोडको कारबाही गरिएको नेकपा कञ्चनपुर जिल्लाले बताएको छ ।
त्यसैगरी कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. ७ का अध्यक्ष जगतबहादुर सिंहको कारमा आगजनी भएको समाचार प्राप्त भएको छ । सिंहको कारमा आगजनी कसले गरेको हो भन्ने कुरा अझै थाहा हुन सकेको छैन ।
२०७६ भदौ ३० गते सोमबार प्रकाशित