एनसेल फैसलाविरुद्ध दाङमा नेकपाको विरोध प्रदर्शन

दाङ : एनसेलले कर तिर्न नपर्ने गरि गरिएको  सर्वोच्च अदालतको फैसला विरुद्ध दाङमा नेपाल कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गरेको छ । नेपाल कम्युनिस्ट पार्टी दाङ ६ नम्बर अभियान अन्तर्गत भएको विरोध प्रदर्शन तथा कोणसभामा बोल्दै पार्टीका जिल्ला सदस्य उर्जाले एनसेलले कर तिर्न नपर्ने भनी गरिएको सर्वोच्च अदालतका केही न्यायाधीशहरुले गरेको निर्णय गलत रहेको भन्दै भ्रष्ट एनसेललाई सत्तासीनहरुकै संरक्षण रहेकोकाले कोही नबोलेको बताएका छन् ।

उनले अब एनसेललाई नेपालबाट लखेट्नुपर्नेमा जोड दिदै व्यापारीहरुलाई पनि एनसेलको सिम नबेच्न आग्रह गरेका छन् । उर्जाले भने, ‘नेपाल टेलिकम राम्रोसँग चलिरहेको छ यसलाई सहयोग गरौं’  ब्रह्मलुट मच्चाउने विदेशी संस्थालाई खारेज गर्न जनतालाई उनले अपिलसमेत गरेका छन्  ।

२०७६ भदौ २२ गते आइतबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :