भक्तपुर/असार ४, भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ । सनिबार राती ११ः३० बजेबाट सुरु भएको आगलागी आइतबार बिहान ७ः३० बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ । उद्योगपति अनिल केडियाद्वारा सञ्चालित उक्त उद्योगमा के कारणले आगो लाग्यो र कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्