नवलपरासीमा ट्रक र बस ठोक्किँदा २ को मृत्यु, २१ बढी घाइते

काठमाडौं : नवलपुरको देवचुलीमा बिहीबार दिउँसो बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु, २१ जनाभन्दा बढी घाईते भएका छन् ।

दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पु¥याईएका २ जना महिलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले बताएका छन् । मृतकहरुको भने अझै सनाखत भएको छैन ।

देवचुली नगरपालिकाको राजमार्गमा पर्ने हमालचोक नजिकै ना ४ ख ५२९५ नम्बरको बसर र ना २ ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए । प्रहरीका अनुसार चितवन मेडिकल कलेजमा ७ जना र मनकामना अस्पतालमा १३ जनाको उपचार भइरहेको छ ।

२०७६ जेठ १६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :