नेकपा उपत्यका विशेष ब्युरोद्वारा भ्रमपूर्ण समाचारको खण्डन (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरो इन्चार्ज प्रज्वलले बिहीबार एक विज्ञप्तिमार्फत बुधबार प्रकाशित जनआस्था नामक साप्ताहिक पत्रिकाले यसरी बन्यो बम, यसरी बढ्यो दम भन्ने शिर्षकमा छापिएको समाचारको खण्डन गरेका छन् ।

‘वर्तमान दलाल फासिवादी केपी ओली सरकारले हाम्रो पार्टीका निशस्त्र, निद्रोष कार्यकर्तामाथि गोली प्रहार गरी हत्या गर्ने, गिरफ्तार गर्ने, झुठा मुद्दा लगाइ जेल हाल्ने र देशब्यापी दमन अभियान चलाई राज्य आतंक मच्चाउने तथा नागरिकका न्यूनतम् राजनैतिक अधिकारमाथि प्रतिबन्ध लगाई बन्देज गर्ने जस्ता फासिवादी कदम चालेपछि यसका विरुद्ध हाम्रो पार्टीले यही जेठ १३ गते नेपाल बन्दको आह्वान गरेको थियो । नेपाल बन्द पूर्ण रुपमा सफल भएको छ । बन्द कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण पक्षलाई पार्टी धन्यवाद ज्ञापन गर्दछ ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अगाडि ‘नेपाल बन्दका क्रममा केही अप्रिय घटनाहरु घट्न पुगे र पार्टीलाई अपुरणीय क्षति हुन पुग्यो । बन्दको आह्वान हुनै निश्चित व्यक्तिका विरुद्ध केन्द्रित नभई वर्तमान दलाल संसदीय सत्ता र व्यवस्थाका विरुद्ध हो भन्ने कुरामा आम नेपाली जनतामा कहीँ कतै पनि भ्रम छैन ।’ भनिएको छ ।

‘यहि जेठ १५ गते बुधबार प्रकाशित जनआस्था नामक साप्ताहिक पत्रिकाले यसरी बन्यो बम, यसरी बढ्यो दम भन्ने शिर्षकमा सशस्त्र प्रहरी बलका पूर्व आई.जी. सिंहबहादुर श्रेष्ठको घरमा बम राख्ने तयारी गरेको तर आफै विष्फोट भएको भनी कपोलकल्पित, तथ्यहीन, बिनाआधार भ्रामक र उत्तेजना फैलाउने गलत नियतमा आधारित समाचार सम्प्रेषण गरिएको पाइयो । यस आधारहीन समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । पित पत्रकारिताको शैलीमा पार्टी र क्रान्तिका विरुद्ध यस्ता खालका गलत र भ्रामक समाचार अब उप्रान्त नलेख्न र भ्रम नफैलाउन सम्बन्धित पक्षलाई हाम्रो पार्टी यसै विज्ञप्तिमार्फत आग्रह गर्दछ ।’ विज्ञप्तिमा भनिएकोछ । विज्ञप्तिको पूर्णपाठ….

२०७६ जेठ १६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :