कालीकोट : प्रहरीले कालीकोटको मान्मा स्थित नयाँ कर्णाली एफएमका सञ्चारकर्मी कर्णबहादुर विकलाई एफएममै घेरा हालेर गिराफ्तार गरेको छ । बिहीबार बिहान एफएममा काम गरेर निस्किने बेला गिराफ्तार गरिएको जनपत्रकार संगठन नेपालले जनाएको छ ।
उक्त संगठनले गिरफ्तार भएका पत्रकार विकलाई तत्काल रिहा गर्न सरकार समक्ष माग गरेको छ । उनी जनपत्रकार संगठन नेपालका कालीकोट जिल्लाका अध्यक्ष पनि हुन् ।
२०७५ चैत ७ गते बिहीबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्