नेकपा रामेछापले २३औँ बेथान वीरता दिवस मनाउदै

रामेछाप : नेपाल कम्युनिस्ट पार्टीले २३ औँ बेथान वीरता दिवस मनाउदै छ । २०५३ पुस १९ गते रामेछापको बेथान पानीघाट प्रहरीचौकीमा माओवादी जनसेनाका योद्धाहरूले त्याग, शौर्य र वीरता प्रदर्शन गरेको दिनको सम्झनामा नेकपा रामेछापले उक्त कार्यक्रम गरेको जनाइएको छ । 

बेथानको प्रहरी चौकी आक्रमणको क्रममा फौजी कमान्डर तीर्थ गौतमका साथै रामेछापकी सांस्कृतिक तथा विद्यार्थी योद्धा दिलमाया बम्जन र फत्त स्मालीमगरले बलिदान दिइएको दिन हो । 

तत्कालीन नेकपा (माओवादी)ले जनयुद्ध सुरुआतपछि प्रहरी चौकी कब्जाको यो पहिलो फौजी कारबाही हो । उक्त कार्यक्रममा नेकपाका जिल्ला ब्युरो स्तरीय नेताहरुले सम्बोधन गर्ने भएको छ । 

२०७५ पुस १९ गते  बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :