मकवानपुरको औधोगिक क्षेत्रमा मजदुर जागरण अभियान सुरु

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ मकवानपुरले हेटौंडा औधोगिक छेत्रमा मजदुर जागरण अभियान सुरु गरेको छ । शनिबार सुरु भएको कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य टुगनाथ तिमल्सिनाले सम्बोधन गर्दै औधोगिक क्षेत्रमा अब आधीबेरि सिर्जना गरी दलालहरुलाई लखेट्ने बताएका छन् । कार्यक्रममा औधोगिक क्षेत्रका सबै मजदुरको सहभागिमा हिरासत बसेका मजदुरलाई अभिनन्दन पनि गरिएको छ । महासङ्घले समाजिक दलाल पुँजीवादको भण्डाफोर गर्ने, एक व्यक्ति एक कारखाना एक संगठन भन्ने नाराका साथ समग्र मजदुरको नेतृत्व गरी आन्दोलन चर्काकाउने  जनाएको छ ।

२०७५ जेठ २७ गते आइतबार अपरान्ह ४ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :