टुडिखेलमा मोदीलाई स्वागत भइरहँदा उपत्यकामा ब्यापक पर्चा

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएकै दिन नेपाल कम्युनिस्ट पार्टीले उपत्यकामा व्यापक पर्चा वितरण गरेको छ । मध्य केन्द्रीय कमाण्डको नाममा जारी गरिएको उक्त पर्चा राजधानीको अति व्यस्त चोक कलंकी, बाजालु, चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, बागबजार, रत्नपार्क लगायतका विभिन्न ठाउँमा दशौं हजार पर्चा वितरण गरिएको नेकपा श्रोतले जनाएको छ । यस्तै उपत्यकाका थुप्रै कलेजहरुमा पनि पर्चा वितरण गरिएको छ ।
जनताको नाममा सम्बोधन गरिएको उक्त पर्चामा नेपाली सेना र यहाँको सुरक्षा निकायमाथि हस्तक्षेप गर्दै भारतीय सेनालाई परेड खेलाउदा नेपालको सार्वभौम सत्तामाथि ठाडो हस्तक्षेप भएको कुरामा जोड दिइएको छ । यस्तै भारतसँग विभिन्न समयमा भएका असमान सन्धी–सम्झौताहरु यथाशिघ्र खारेज गर्नु पर्ने भन्दै हालै भारतीय पक्षबाट गरिएका सिमाअतिक्रमणको विषयमा एक हुन सबै राष्ट्रवादी, देशभक्तहरुलाई आह्वान गरिएको छ । उक्त पर्चामा भारत सरकारद्वारा त्यहाँका माओवादीहरुमाथि गरिएको दमन तत्काल बन्द गर्नुपर्ने कुरा पनि उल्लेख गरिएको छ ।
नेपाली प्रधानमन्त्री केपी ओली भारत भ्रमण गएको एक महिनामै दुई दिने भ्रमणको लागि त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका छन् । मोदीको उक्त भ्रमण धार्मिक भएको बताइए पनि उनको भ्रमण राजनैतिक एवं कुटनैतिक भएको प्रष्ट देखिन्छ । २०७२ सालको विनाशकारी भुकम्पपछि भारतले नेपालमा लगाएको नाकाबन्दी र उसको हेपाह प्रवृत्तिले गर्दा भारतप्रति नेपालीहरुको जनआक्रोस बढिरहको बेला उनले यो भ्रमणमा सम्बन्ध सुधारको कोशिस गरिरहेका छन् ।

२०७५ बैशाख २९ गते शनिबार बिहान ८ :०० प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :