काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गर्ने भएपछि असन्तुष्टि जनाउदै अाएका साे पार्टीका नेताकार्यकर्ताहरूले शुक्रबार नयाँ पार्टी स्थापना भएकाे घोषणा गरेकाे छ । एकताप्रति असहमति राखेर अलग भएर बसेका नेता विश्वभक्त दुलाल ‘आहुती’को संयोकत्वमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल गठन भएको हो । काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले विचारधारात्मक राजनीतिक कार्यदिशा पारित गरेको छ । उक्त पार्टीको नेतृत्वमा आहुती रहने गरी ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
घोषणा वक्तव्यको पूर्णपाठ –
२०७५ वैशाख २२ गते शनिबार बेलुका १० १५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्