दोलखाः बैशाख २३, नेपाल कम्युनिस्ट पार्टीका दोलखा जिल्ला इन्चार्ज सहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
शुक्रबार विहान दोलखा जिल्ला इन्चार्ज अर्जुन योगी, सेक्रेटरी राजन धनु के र दोलखा जिल्ला सदस्य सरोजप्रसाद न्यौपानेलाई दोलखा जिल्ला प्रहरिले गिरफ्तार गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी दोलखा जिल्ला समितिले यो स्थानीय चुनावले नेपाल र नेपाली जनताको विकासको पूर्ण विरोधी भएकोले स्थानीय चुनाव सफल बनाउँन आफ्नो ठाउँबाट दिनुभएको सबै उम्मेदवारीहरु नेपाल र नेपाली जनताहरुलाई मान्य हुने छैन ।
त्यसैले आफ्नो उम्मेदवारी फिर्ता गर्न पत्रमा उल्लेख गरिएको आधारमा उहाँहरुलाई शुक्रबार गिरफ्तार गरेका छन् । उहाँहरुलाई दोलखा प्रहरि चौकीममा राखेको समाचार छ ।
आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तत्काल रिहा नगरिए सशक्त प्रतिवाद गर्ने चेतावनी सहित पुर्वी ताम्सालिङ व्युरो इन्चार्ज जगतले प्रेस वक्तव्य जारी गर्नुभएको छ ।