जङ्गली हात्तीको आतंक

काठमाडौं:  हरेक वर्ष हिउद लागेपछि झापामा हात्तिको आतंक सुरू हुन्छ । जंगलमा हरियो घासको अभाव हुने र डढेलोको कारण चरणको खोजी गर्दै जंगली हात्तीहरु बाहुन डाँगी, बेलबारीलगायत गाउँमा प्रवेश गर्छन् । जंगली हात्तीहरु भारत असामको घनाजंगल हुँदै भारतको पश्चिम बंगालको नक्सालबाडी वरपरकोे घनाजंगलबाट मेची नगरपालिका बाहुन डाँगीहुँदै नेपालको गाउँमा प्रवेश गर्छन् । मेचीबाट सप्तकोशीसम्म पुग्छन् । यो वर्ष पनि झापामा सधैं झैं हात्ती आतंक व्याप्त छ । माघ १२ गते (शुक्रबार) झापा डमक नपा २, बेलडाँगीस्थित त्रिवेणी टोलमा जंगली हात्तीले काण्ड मच्चाएको छ । राती १२ बजे सोही गाउँका पञ्चबहादुर राई र मंगलसिंह लिम्बुको घर भत्काएको छ । हात्ती आतंकको कारण मानवीय क्षति नभए पनि राईको भकारीको धान खाएको छ भने लिम्बुको भान्सा घर भत्काएको छ । स्थानीयबासीहरु त्रासमा रातभरी निदाउन सकेनन् भने सो क्षेत्रमा त्रास फैलिएको छ । हात्ति आतंक नियन्त्रणको लागि स्थानीयले लामो समयदेखि आवाज उठाएपनि त्यसको सम्बोधन प्रशासनले गर्न सकेको छैन । 

 

२०७४ माघ १३ गते  बिहान ११ः३५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :