वैकल्पिक शक्तिको रूपमा नेकपा स्थापित : सुदर्शन

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन पछि आफनो पार्टी क्रान्तिकारी बैकल्पीक शक्तिको रूपमा स्थापित भएको बताएका छन् । नेकपा उपत्यका ब्यूरोले सोमवार काठमाण्डौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राज्यब्यवस्थाको बारेमा जानकार बुद्धिजिवि कृष्ण खनाल, पूर्व सैनिक जनरल प्रेम बस्न्यात लगायतले नेकपा अव बैकल्पिक शक्तिको रूपमा उदाएको विश्लेषण गर्नु यसको एउटा उदाहरण भएको बताए । विचारधारात्मक तथा राजनैतिक रूपले संसदीय व्यवस्थाका विकल्पमा रहेको आफनो पार्टीले भनेजस्तो समाजवाद स्थापनापश्चात क्षमताअनुसारको काम र आवश्यकताअनुसारको मामको व्यवस्था हुने वताउदै सुदर्शनले वैज्ञानिक समाजवाद नै मानवजातिको सर्वोत्कृष्ट व्यवस्था भएको पनि बताए । उनले एमाले माके गठबन्धनले सस्तो लोकप्रियताको लागि चुनावमा भोट माग्दा अघि सारेका शान्ति, समृद्धि र विकासको नारा अलपत्र परिसकेको समेत बताए । चुनाव जितेर आएको रापको बेला प्रधानमन्त्री शेरवहादुर देउवाले बाम गठबन्धनलाई सरकार गठन गर्न नदिएर पानीमा सुताईदिएको भन्दै फागुनसम्म पनि सरकार गठनको सम्भावना नरहेको दावी गरे । स्रोत : रातोे खबर साप्ताहिक, वर्ष ३, अंक ३२, पूर्णाङ्क १२७

२०७४ माघ ११ गते बिहान १० : ५८ मा प्रकशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :