चिसोका कारण ३ जनाको मृत्यु

 

काठमाडौं : तराईका जिल्लाहरुमा शीतलहरका कारण केहीदिनदेखि अत्यधिक जाडो बढिरहेको बेला शीतलहरका कारणले रौतहट जिल्लाको विभिन्न स्थानमा ३ जनाको मृत्यु भएको छ । जिल्लाको गढीमाई नपा ४, का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नपा ७, मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नपा १ स्थित चिमनीभट्टामा काम गर्न आएका सर्लाही रामवनका ५५ वर्षीय नेक महम्मद अलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गत सोमबारदेखि देशैभरीका समुदायिक विद्यालय बन्द रहेको बेला रौतहटको सामुदायिक विद्यालय पुस २६ गते सम्मलाई थप गरिएको जिल्ला शिक्षा अधिकारी राम विनय कुमार सिंहले जनाएका छन् ।

२०७४ पुस २२ गते दिउँसो ३ : १३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :