बर्दिया बन्द 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल औद्योगिक मजदुर संघ बर्दियाले विभिन्न माग राख्दै बुधबारदेखि औद्योगिक क्षेत्र हड्ताल शुरु गरेको छ । बुधबार ई–रातो खबरसँग कुरा गर्दै बर्दिया जिल्ला इन्चार्ज देवकला अधिकारीले हाम्रो पार्टीको जनवर्गिय संगठन औद्योगिक संघले नियुक्ति पत्र जारी गर्नुपर्ने, स्थायी नियुक्ति गर्नुुपर्ने, ८ घण्टा काम गर्नुपर्नेमा १२ घण्टा काम लगाएको र श्रमिकहरुको विमा गर्नु पर्ने माग गरेको बताउनु भएको छ । बन्दबाट जिल्लाका उद्योगधन्दा बन्दको प्रभाव परेको उहाँले जानकारी दिनुभयो ।

२०७४ पुस १२ गते दिउँसो २ : ०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :