निर्वाचन खारेज अभियान तीव्र

नेपाली कम्युनिष्ट आन्दोलनको अभेद्य किल्ला मानिने रोल्पाको थवाङ्गमा आठौं महाधिवेशन सम्पन्न कम्युनिष्ट पार्टीले देशव्यापीरुपमा राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमहरु गरेको छ । पूरानो प्रतिक्रियावादी राज्यसत्ताले स्थानिय निकायको निर्वाचन घोषणा गरी पूरानै अवशेषलाई विउताउने र जनतालाई अलमल्याउने गतिविधि गरीरहेको बेला कम्युनिष्ट पार्टीले भने आफ्ना सयौं नेता कार्यकर्ताहरुलाई बैचारिकरुपले प्रशिक्षित गरेको हो । पार्टी केन्द्रिय समितिका निर्णयहरु सम्प्रेषण गर्ने र विचारधारात्मकरुपले आफ्नो दस्तालाई मजबुत बनाउनको लागि अभियानकै रुपमा चलाईएका प्रशिक्षणहरुमा पार्टीका महासचिवदेखी सवै स्थायी समितिका सदस्यहरु, कतिपय पोलीटव्यूरो सदस्यहरु, केन्द्रीय सदस्यहरु र विभागीय र जनवर्गीय संगठनका नेताहरु समेत उपस्थित हुने गरेका छन् । यतिबेला स्थानिय निकायको चुनावको बहानामा संसदवादी पार्टी र नेताहरु अस्वस्थ र अस्वभाविक गतिविधीतर्फ लागेको भन्दै कम्युनिष्ट पाटीले यो चुनावलाई उपयोग नभए बहिष्कार र खारेजी गर्ने नीति लिएको छ । आफ्ना नेताकार्यकर्ताहरुलाई प्रशिक्षित गर्ने क्रममा नेताहरुले पूरानो मक्कीसकेको व्यवस्थालाई बिउताउने र सामन्तवादको चिहानमा जन्मेको दलाल पूँजीवादी व्यवस्थालाई टिकाउने खेल स्वरुप हुने यो चुनावको कुनै अर्थ नहुने बताएका छन् । उनिहरुले चुनावलाई शसक्तरुपमा बहिष्कार गर्न आफ्ना मोर्चाहरुलाई निर्देशन समेत गरेका छन् ।
दश दिने बैचारिक अभियानमा देशभरी पुगे शिर्षनेता
देशभरीका सबै नेता र कार्यकर्ताहरु समेटने गरी आयोजीत सात वटै प्रशिक्षणहरुमा प्रायः सवै ठाउँमा महासचिव लगायत शिर्षनेताको टोली पुगेको छ । गत चैत्र १५ गत पूर्व सुनसरीको धरानबाट शुरु गरिएको कार्यक्रम पश्चिममा बाँके सम्म पुगेको छ । धरानमा मेची, कोशी र सगरमाथा व्यूरोको प्रशिक्षण कार्यक्रमको उद्घाटन लगत्तै प्रमुख अथिति पार्टीका महासचिव क. विप्लवले भन्नुभयो–“कथित स्थानिय निकायको चूनाव वहिस्कार मात्र होइन पुर्ण रुपले खारेज गर्नुपर्छ । चुनावको नाटक गरेर जनतालाई भ्रमित पार्ने षड्यन्त्रबारे जनतालाई बुझाउनुपर्दछ । हाम्रो नारामा आम जनतालाई गोलबन्द गर्नुपर्दछ । अहिले गर्ने भनिएको चुनाव जनताको चुनाव नभई भारतका कारिन्दा छान्ने चूनाव हो ।” महासचिव विप्लवले आफूहरु व्यक्तिगत रुपमा कसैसँग लडेको नभई दलाल र खरावी प्रबृतिका विरुद्ध लडेका छौं भन्नुभयो । सर्वहारा श्रमजीवी वर्गको आशाको केन्द्रको रुपमा निर्माण भएको पार्टी र कम्युनिष्ट आन्दोलन आज निकै गतिशिल प्रवाहमा अघि बढिरहेको उहाँको भनाई छ ।
kaka
यस्तै प्रशिक्षणकै क्रममा बोल्दै स्थायी समिति सदस्य एवं आर्थिक विभाग प्रमुख क. प्रकाण्डले आफ्नो पार्टी मात्रै नेपालका श्रमजीवी जनताको प्रतिनिधी पार्टी भएको दावी गर्नुभएको छ । पार्टीको कार्यदिशा सही भएपछि जीवन हुने र गलत भएपछि मृत्यु हुने भन्दै प्रकाण्डले स्थानिय निर्वाचन भण्डाफोर गर्ने आफ्नो पार्टीको नीति सही भएको र क्रान्तिको संभावना झन नजीक देखिएको बताउनुभयो । साथै निकै कठिन मेहनतको कारण दुई वर्षको अविधीमा आफ्नो पार्टी यो स्थितिमा आएको बताउनु भयो र अन्तरसंघर्षका कठिन दिनहरु पनि स्मरण गर्नुभयो ।
यस्तै अर्को स्थायी समिति सदस्य एवं विदेश विभाग प्रमुख क.कञ्चनले महाधिवेशनबाट आफनो पार्टीले दर्शन, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद तिनवटै सिद्धान्तमा थप विकास गर्न अध्ययन अनुसन्धान र खोजतर्फ लागेको बताउनु भएको छ । आजको आवश्यकता चुनावको नभई नव औपनिवेशीक र दलाल संसदीय व्यवस्थाको ठाँउमा नयाँ बैज्ञानिक समाजवादकै आवश्यकता भएको उहाँको भनाई छ ।
प्रशिक्षणकै दौरानमा अर्का स्थायी समिति सदस्य एवं स्कुलिङ्ग विभाग प्रमुख क.सुदर्शनले महाधिवेशनका निणर्यहरु प्रतिको बुझाइमा एकरुपता ल्याउनको लागि प्रशिक्षणहरु देशव्यापी रुपमा अभियान नै चलाएका छौं भन्नुभयो ।आज पूँजीवाद एकिकृत भएर आएको र प्रविधिसमेत एकीकृत भएर आएकोले आफनो पार्टीले अघि सारेको एकिकृत जनक्रान्तिको कार्यदिशा सहि भएको भन्दै नेता सुदर्शनले सिद्धान्तमा थप विकास गर्नको लागि भौतिक विज्ञानमा आएको ज्ञान र चेतनालाई समाजविज्ञानमा लागू गर्न आफनो पार्टी प्रयासरत रहेको बताउनुभयो ।
पूर्वका ३ वटा व्यूरोको संयुक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता पार्टीका केन्द्रीय सदस्य दिपेशले गर्नुभएको थियो । केन्द्रीय सदस्य नविनले उदघोषण गर्नुभएको थियो भने अर्का केन्द्रीय सदस्य क. सुमनले स्वागत भाषण गर्नुभएको थियो ।
धरानमा सम्पन्न पहिलो राजनैतिक बैचारिक प्रशिक्षण पछी चैत्र १७ जनकपुर, नारायणी र जबस व्यूरोहरुको प्रशिक्षण सर्लाहीको हरिवनमा सम्पन्न भएको छ । सवै केन्द्रीय नेताहरुको उपस्थिति रहेको कार्यक्रममा सल्लाहकार समितिका सचिव पवन, सदस्य संग्रामसिंह किसान मोर्चाका अध्यक्ष सविता सिंह, केन्द्रीय सदस्य देवनारायण शाह पनि उपस्थित हुनुहुन्थ्यो । जबसका इन्चार्ज क.जीवन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत भाषण केन्द्रीय सदस्य चिरन पुनले गर्नुभयो । केन्द्रीय समिति वैठकको परिपत्र केन्द्रीय सदस्य एवं पार्टी केन्द्रीय कार्यालय सचिव धु्रवले पढेर सुनाउनुभएको थियो ।
यस्तै चैत्र १८ गते उपत्यका व्यूरोको राजनैतिक बैचारिक प्रशिक्षण ललितपुरमा सम्पन्न भएको छ । केन्द्रिय कार्यालयको टिमसगै सल्लाहकार समितिका अध्यक्ष क. असारे काका पनि प्रशिक्षणमा उपस्थिति हुनुभएको थियो । उहाँले इतिहासले क्रान्तिको लागि यो कम्युनिष्ट पार्टीलाई नै जम्मा दिएकोले निरन्तर अगाडि बढन सल्लाह दिनुभयो । स्थायी समितिका सदस्य क. विषमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघोषण क. माइला लामाले गर्नु भएको थियो । स्वागत भाषण क. हितमानले गर्नुभएको थियो । देशव्यापी रुपमा चैत्र २४ गते देखी पार्टीले शुरु गर्न थालेको ३ महिने अभियानको उदघाटन भने उपत्यका व्यूरोले राजनैतिक वैचारिक प्रशिक्षणसँगै गरेको छ,अरु ठाँउमा भने निर्धारित मितिमा नै उदघाटन हुने छ । उपत्यका व्यूरोको प्रशिक्षणमा केन्द्रीय विभागहरु समेत गरी ३५० भन्दा बढि सहभागी भएका थिए ।
यस्तै पूर्वी ताम्सालिङ्ग र पश्चिम ताम्साङ्गि गरी दुई वटा व्यूरोको संयुक्त प्रशिक्षण कार्यक्रम काभ्रेको बनेपामा चैत्र १९सम्पन्न भएको छ । बनेपामा सम्पन्न कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य क जगतले गर्नुभएको थियो भने केन्द्रीय सदस्यहरु क. आधारले उदघोषण र क. प्रज्वलनले स्वागत भाषण गर्नुभएको थियो । केन्द्रीय सदस्य धु्रवले पार्टीको परिपत्र बाचन गर्नुभएको थियो ।
यस्तै गण्डक, धवलागीरी र लुम्बीनी व्यूरोको संयुक्त प्रशिक्षण रुपन्देहीको बुटवलमा चैत्र २१ सम्पन्न भएको छ । केन्द्रीय कार्यालय टिमका साथै पोलिट ब्यूरो सदस्य क. शिलु अनेमसंघ(क्राान्तिकारी)को केन्द्रिय अध्यक्ष बन्धु चन्द, क. प्रज्वलन, क. धु्रव लगायतका नेताहरु उपस्थित हुनुभएको थियो । पोलीटब्युरो सदस्य एवं लुम्बीनी ब्यूरो इन्चार्ज क. विरजंगको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको संचालन केन्द्रीय सदस्य एवं धौंलागीरी व्यूरो इन्चार्ज एवं केन्द्रीय सदस्य क. पारमणीले गर्नुभएको थियो भने गण्डक ब्यूरो इन्चार्ज एवं केन्द्रीय सदस्य क. आस्थाले स्वागत भाषण गर्नु भएको थियो ।
यस्तै चैत्र २२ गते राप्ती व्यूरोको राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम पश्चिम दाङ्गमा सम्पन्न भएको छ । जनयुद्धकालीन आधारइलाकाको बिशेष महत्वको मानिने उक्त बैचारिक प्रशिक्षणमा महासचिव विप्लव, स्थायी समिति सदस्यहरु क. प्रकाण्ड,क. कञ्चन क. सुदर्शन लगायत धेरै केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ ।
दश दिने बैचारिक प्रशिक्षण अन्र्तगत को अन्तिम प्रशिक्षण भने आज वाँकेको नेपाजगन्जमा हुदैछ । उक्त प्रशिक्षणमा भेरी, कणार्ली,सेती र महाकाली गरी चार वटा ब्यूरोहरुबाट अलि धेरै नेता कार्यकर्ताहरु सहभागी हुन्े आयोजकले बताएको छ । नेपालगन्जको प्रशिक्षणमा पनि महासविच लगायत शिर्ष नेताहरुको टोली उपस्थिति हुने छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :