प्रचण्ड काठमाडौं, बैद्य चितवनतिर

चितवन : चुनावको तातो सेलाउँदै गर्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं पुग्दा–नपुग्दै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ चितवन पुगेका छन् । सोमबार साँझ भरतपुर पुगेका बैद्यले पुस ५ गतेदेखि हुन गइरहेको केन्द्रिय समिति बैठकको लागि चितवन पुगेका हुन् । बैद्यले मंगलबार चितवनका अगुवा कार्यकर्ताहरुसँग छलफल तथा प्रशिक्षण गरेका छन् । बैठक भरतपुर महानगरपालिका मंगलपुरमा रहेको एकल महिलाको सभाहलमा ५ गतेदेखि शुरु हुँदैछ ।

२०७४ पौष ४ गते अपरान्ह ३ः३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :