कलैया र चपुरमा बम विष्फोट

बाराः गृह मन्त्रालयले सुरक्षा व्यवस्था अत्यन्त कडा पारेको दाबि गरिरहेको बेला बुधबार साँझ ७ः४५ आसपासमा बारा जिल्लाको सदरमुकाम कलैयामा बम विष्फोट भएको । कलैया उपनपा ५, स्थित नेपाली कांग्रेसका नेता तथा बहालवाला युवा तथा स्वरोजगार मन्त्री फरमुल्लाह अन्सारीको घरको पछाडि सो विष्फोट भएको हो । अन्सारीको निवास जिप्रका बाराको ५ सयभन्दा कम दुरीमा रहेको छ । अन्सारी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेद्वार हुन् । विष्फोटका कारण घरको पर्खाल र झ्यालका सिसामा क्षति पुगेको बताइएको छ । त्यसैगरी बिहिबार बिहान ६ः३० मा रौतहट जिल्लाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नपा फुलबारी मतदान केन्द्रको सय मिटरको दुरीमा बम विष्फोट भएको छ । सो मतदान केन्द्र चपुर बजारदेखि ५ सय मिटर उत्तरपूर्वमा रहेको छ ।

२०७४ मंसिर २१ गते विहान ७ः४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :