अक्टोबर क्रान्ति उत्सवीको पदयात्रा

काठमाडौं : अक्टोबर क्रान्ति शताब्दी दिवसको उपलक्ष्यमा कात्तिक २१ गते काठमाडौंमा पदयात्रा हुने भएको छ । अक्टोबर क्रान्ति शतवार्षिकी समिति, नेपालको आयोजनामा सो पदयात्राको आयोजना गरिएको हो । सो पदयात्रा भृकुटीमण्डपबाट १२ बजे सुरु भई झन्डा, बयानर, प्लेकार्डसहित रत्नपार्क परिक्रमा गरी पदयात्रीहरू शान्तिबाटिका पुग्नेछन् । सो कार्यक्रमलाई वामपन्थी बुद्धिजीवी सोनाम साथीले सम्बोधन गर्नेछन् भने जनकलाकार रायनले गीत गाउने आयोजक समितिका सदस्य यादव देवकोटाले बताए ।

२०७४ कात्तिक २० गते विहान ८ः२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :