चितवनका निजी अस्पतालहरुमा उपचार लापरवाही बढदैं

कारबाही गर्ने निकाय निश्क्रिय हुँदा सेवाग्राही मारमा

cmc-andolanसुर्य बराल/मंसिर ३०, चितवनका अस्पतालहरुमा उपचार लापरवाही बढदै जान थालेको छ । यहाँका केही अस्पतालहरुले प्रवाह गर्ने गुणस्तरहिन एवं अविस्वसनीय सेवाका कारण उपचार लापरवाही बढदै जान थालेको हो ।

चितवनको भरतपुरमा अवस्थीत अस्पतालहरुमा एकपछि अर्को कम्जोरी र लापरवाही बढदै जान थालेपछि एकातिर सेवाग्राही सर्बसाधारण मर्कामा पर्दै जान थालेका छन भने अर्कोतिर मेडिकल सिटीको रुपमा स्थापित हुन खोजेको यस क्षेत्रको सकारात्मक भन्दा पनि नकारात्मक चर्चा बढदै जान थालेको छ । जस्ले गर्दा चितवनको स्वास्थ्य सेवा दिनप्रतिदिन बदनाम बन्दै गएको छ । चितवनको भरतपुरमा मात्र एउटा क्यान्सर अस्पताल, दुईवटा मेडिकल कलेज, एउटा जिल्ला अस्पताल र दर्जनौं सामूदायिक तथा निजि अस्पतालहरु रहेपनि उपचारमा ती अस्पतालहरुमा गम्भिर कम्जोरी र हदैसम्मका लापरवाही बढेको कारण सेवाग्राही बिरामीहरु राजधानी काठमाण्डौं लगाएत भारतको दिल्लीसम्म पुग्ने गरेका छन । चितवनको स्वास्थ्य क्षेत्रमा मौलाउदो अराजक्ताले सेवाग्रहीहरु पिडित बन्दै जान थालेपछि उनीहरु अन्यत्रका अस्पतालहरुमा जान बाध्य भएका हुन । चितवनका अन्य अस्पतालहरुमा एकपछि अर्को कम्जोरी र लापरवाही बढदै गएपनि जिल्ला अस्पताल भरतपुरमा भने स्तरिय सेवा सुविधा बढिरहेको छ ।च्याउ सरी उम्रिएका चितवनका निजी अस्पतालहरुमा अनुगमन र नियमन गरी गल्ती गर्ने स्वास्थ्य सस्थाँहरुलाई कारबाही गर्ने निकाय सक्रिय नहुँदा पिडित सेवाग्राही बिरामीहरु दिनप्रतिदिन मारमा परिरहेका हुन् । यसरी चितवनमा सबैभन्दा बढी लापरवाही गर्ने अस्पतालहरुमा पछिल्लो अवधिमा चितवन मेडिकल कलेज भरतपुर (सि.एम.सि.) रहेको स्वंय तथ्यहरुले बताँउछ ।

कहिले सामान्य अवस्थामा आफै साइकल चलाएर अस्पतालमा उपचार गर्न आउने बिरामीलाई अपे्रशन गर्नुपर्छ भनि उपचारमा गम्भिर लापरवाही गरी ज्यानै लिने कार्य गर्ने त् कहिले अपे्रशन गरेका बिरामीको पेटभित्रै औजार छाडिदिने त् कहिले सामान्य पेट दुखेर जचाँउन आएकी स्टाफ नर्सको पाठेघरै निकालिदिने अनि गुपचुपमै लाखौ रकम दिई केश ढिसमिस बनाउने लगाएतका दर्जनौ हदैसम्मका लापरवाही कार्य गरिरहेकै कारण सेवाग्राही बिरामीहरुको नजरमा मात्र होईन आम मानिसहरुकै दृष्टिकोणमा चितवन मेडिकल कलेज बदनाम बन्दै जान थालेको हो ।यसैविच, गत् मंसिर १९ गते सोमबार चितवन मेडिकल कलेजमा प्रसूतिका लागि भर्ना भएकी भरतपुर उपमहानगरपालिका–७ कृष्णपुरकी २५ वर्षीया सुनिता गुरूङको सुत्केरी गराउने क्रममा २० गते दिउँसो मृत्यु भएको थियो । गर्भ रहेको डेढ महिनादेखि नै चितवन मेडिकल कलेजमा नियमित जाँच गराइरहेकी सुनिता सुत्केरी गराउनका लागि सोही अस्पतालमा भर्ना भएकी थिईन । सामान्य अवस्थामा अस्पताल गएकी उनको अस्पतालका चिकित्सकहरुको चरम लापारबाहीका कारण मृत्यु भएको भन्दै पीडित पक्षले आक्रोशमा आई चितवन मेडिकल कलेजका केही सिसा तोडफोड समेत गरेका थिए । आमा र बच्चा दुवैको मृत्यु भएपछी अस्पतालले पिडित पक्षको नाममा ५० लाखको ट्स्ट निमार्ण गर्नु पर्ने पिडित पक्षले माग गरेको छ ।

गत् शनिबार पत्रकार सम्मेलनमा पिडित पक्षको तर्पmबाट बोल्दै कान्तिनगर टोल विकास संस्थाका कार्यवाहक अध्यक्ष केशव कार्कीले अस्पतालले गरेको लापरबाहीका कारण सुनिताको अकालमा ज्यान गएकोे भन्दै उनले भने, ‘अस्पतालले गरेको गल्ती यो पहिलो होइन ।’ पटक–पटक यस्ता घटना दोहो¥याइरहेकाले अस्पताल प्रशासन कारबाहीको भागीदार बन्नु पर्नेमा उनले जोड दिए ।यस्तै, आदिवासी जनजाति जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष पदमबहादुर गुरूङले पीडित पक्षलाई सन्तुष्टि दिलाउनुको साटो थप पीडा दिएको भन्दै अस्पताल प्रशासनप्रति गम्भीर खेद प्रकट गरे । अस्पताल प्रशासन र चिकित्सकहरुप्रति सकारात्मक सोच लिएर विश्वास गर्दा आफन्त गुमाउनुपरेको भन्दै अध्यक्ष गुरूङले घटनामा संलग्न चिकित्सकहरुलाई सार्वजनिक गरी तत्काल कारबाही गर्नुपर्ने माग गरे । अस्पतालले गम्भीर लापारबाही गरेको भन्दै पीडित पक्षले राख्दै आएको माग तत्काल सम्बोधन गरिनुपर्ने र अन्यथा कुनै पनि प्रकारका घटना हुन गएमा त्यसको भागीदार अस्पताल प्रशासन स्वयम् हुनुपर्ने उनले बताए ।

पीडित पक्षले सुनिताको मृत्यु हुनुको कारण खुलाउनुपर्ने, उपचारमा संलग्न चिकित्सकहरुलाई सार्वजनिक गरी कडा कारबाही गर्नुपर्ने, थुनामा रहेका आफन्तलाई तत्काल रिहा गरिनुपर्ने र पीडित परिवारलाई उचित क्षेतिपूर्तिको व्यवस्था गरिनुपर्ने माग राख्दै आएका छन् । यसैविच, सुनिताको शव परिवारले सोमबार मात्रै बुझेका छन् । स्थानीय प्रशासनले घटनाको सत्यतथ्य छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि परिवारजनले शव बुझेका हुन् । समितिमा राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक अच्युत पन्त, भरतपुर अस्पतालको प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोखरेल, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजयकिशोर झा र प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ रहेका छन् । समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने संयोजक सुवेदीले बताए । परिवारको तर्फबाट वार्ता समितिमा रहनुभएका स्थानीय कान्तिनगर टोल विकास संस्थाका कावा अध्यक्ष केशव कार्कीले घटनाको सत्यतथ्य सार्वजनिक हुने आश्वासनसहित समिति बनेपछि शव बुझ्न परिवार राजी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :