युवाको दाङ सम्मेलन सम्पन्न

दाङः ढिलो गरी प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयमसेकको दोश्रो दाङ जिल्ला सम्मेलन सम्पन्न भएको छ । भदौ ३० र ३१ गते सम्पन्न भएको सम्मेलनले वीरेन्द्र विकको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाको प्रमुख आतिथ्यता तथा पार्टी केन्द्रीय सदस्य बलबहादुर वली ‘शितल’, जिल्ला सेक्रेटरी सबिन पोख्रेल, राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो संयोजक पाटन, सहिद तथा बेपत्ता परिवारका केन्द्रीय सदस्य सुन्दर ओली, राप्ती व्यूरो विशेष समितिका संयोजक तिलक पुन, राष्ट्रिय युवा जनस्वयमसेवक सल्यानका अध्यक्ष टाइगर, प्यूठानका अध्यक्ष आकाश, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला अध्यक्ष जानकी चौधरी, अखिल नेपाल शिक्षक संगठनका राप्ती व्यूरो इन्चार्ज नारायण भण्डारी, अखिल (क्रान्तिकारी) की जिल्ला अध्यक्ष प्रीतिमा चौधरीलगायतको उपस्थिति रहेको थियो । सामना परिवारकी कलाकार देवी बस्नेतको स्वागत गीत तथा पार्टीका जिल्ला कार्यालय सदस्य मनोज परियारको स्वागत मन्तव्यबाट सुरु भएको सम्मेलनको सहजीकरण राष्ट्रिय युवा जनस्वयमसेवकका जिल्ला संयोजक वीरेन्द्र विकले गर्नु भएको थियो ।

२०७४ असोज ६ गते १२ः४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :