गिरफ्तार गरिएकालाई तत्काल रिहा नगरे सडक सङ्घर्ष चर्काउने चेतावनी

गिरफ्तार गरिएकालाई तत्काल रिहा नगरे सडक सङ्घर्ष चर्काउने चेतावनी

काठमाडौँ : विना कारण पाेखराबाट गिरफ्तार गरिएका सङ्गठनका केन्द्रीय सदस्य सुर्य परियारलाई भेट्न आवश्यक लत्ताकपडा पुर्याउन गएका सङ्गठनका केन्द्रीय कार्यालय सदस्य दिपेन्द्र शाही विकल्पलाई पनि षड्यन्त्रपूर्वक गिरफ्तार गरिएकाे भन्दै सङ्गठनले आक्राेश पाेखेकाे छ । सङ्गठनका केन्द्रीय संयाेजक हरिश भट्टले विज्ञप्ति जारी गर्दै गिरफ्तार सङ्गठनका नेताहरूलाई तत्काल रिहा नगरे सडक सङ्घर्ष चर्काउने चेतावनी दिएका छन् ।

प्रेस विज्ञप्तिमा भनिएकाे छ, “प्रहरीकाे यस्ताे निच, अमानवीय, गैरन्यायिक हर्कतकाे घाेर भत्सना गर्दछाै र गिरफ्तार कमरेडलाई विनाशर्त तत्काल रिहा गर्न माग गर्दछाैँ । अन्यथा प्रहरी प्रशासनकाे यस्ताे षड्यन्त्रमूलक गतिविधिका विरुद्ध सशक्त सङ्घर्षमा हाेमिन हाम्राे सङ्गठन बाध्य हुनेछ ।”

यसैबीच, सुर्य परियारकाे गिरफ्तारीकाे विराेध र रिहाइकाे माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पनि वक्तव्य जारी गरेकाे छ ।

यस्ताे छ वक्तव्यकाे पूर्णपाठ-

“हाम्रो महान् तथा गौरवशाली पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भ्रष्टाचार, अनियमितता, कमिसनखोर, लुटखसोट, मिटरव्याज तथा सहकारीद्वारा गरिएको आर्थिक शोषण लगायतका सम्पूर्ण जनतामारा र राष्ट्र विरोधी गतिविधि विरुद्ध सङ्घर्ष गर्दै वर्तमान सङ्कट र समस्याहरूको जड दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्दै समाजवादी जनगणतन्त्रको स्थापनार्थ सङ्घर्ष गरिरहेको बिषय गर्न चाहान्छौँ । यसबीचमा हाम्रो पार्टीको सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य, कास्की जिल्ला संयोजक तथा पार्टी जिल्ला समिति सदस्य कमरेड सुर्यलाई पार्टी सङ्गठनको काम गर्दै गर्दा २०८० फागुन ५ गते दिउँसो मात्रै यो युवामारा वर्तमान दलाल गृह प्रशासनको प्रहरीले बिनाकारण गरेको गिरफ्तारीले हामीलाई आक्रोशित बनाएको छ । हामी उक्त गैरन्यायिक गिरफ्तारीको निन्दा व्यक्त गर्दै गिरफ्तार कमरेडको विनासर्त रिहाइको माग गर्दछौँ । अन्यथा सङ्घर्षबाट आउने हरेक परिणामको जिम्मेवार स्वयम् राज्यसत्ता हुनुपर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :