मजदुर महासंघको ‘कारखाना जाऔंँ’ अभियान जारी, भक्तपुरमा निर्माण मजदुरहरू सङ्गठित

मजदुर महासंघको ‘कारखाना जाऔंँ’ अभियान जारी, भक्तपुरमा निर्माण मजदुरहरू सङ्गठित

भक्तपुर : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको महासंघको ‘कारखाना जाऔं’ अभियानमा मजदुरहरुको आकर्षण बढ्दो छ । चार महिने अभियानका क्रममा निर्माण लगायत क्षेत्रका मजदुरहरु संगठित हुने क्रम जारी छ। यहि क्रममा बिहीबार भक्तपुर जिल्लाको खरिपाटी स्थित निर्माण क्षेत्रमा कार्यरत श्रमिक मजदुरहरु संगठित भएका छन् । महासंघका केन्द्रीय संयोजक दिनेश शर्माको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच निर्माण मजदुरहरु संगठित भएका हुन् । 

भक्तपुरको खरिपाटी क्षेत्रमा कार्यरत मजदुरहरु महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघमा संगठित भएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । प्राप्त समाचार अनुसार बिहिबार अभियानको क्रममा रामबहादुर नेपालीको संयोजकत्वमा १६ सदस्यीय इकाई कमिटि निर्माण गरिएको छ । कमिटिको संयोजकमा राम बहादुर नेपाली र सदस्यहरुमा बिष्णु बहादुर नेपाली, वीर बहादुर परियार , आशिष परियार, नवराज नेपाली, दिनेश नेपाली, महेश नेपाली, ज्ञान बहादुर तामाङ, चक्र बहादुर सुनुवार, ओम खत्री कमल परियार, सागर थापा, निरन्जन मगर, झलक बहादुर रत्न, निरोज मगर, प्रकाश भुजेल ‘संगीत’ रहेको संघका केन्द्रीय संयोजक बालकृष्ण सिटौलाले जानकारी दिनुभयो ।

अभियानको क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दिनेश शर्मा सागरले मजदुरमाथि भएका शोषण र विभेदको चर्चा गर्दै मजदुरहरुको वास्तविक मुक्तिका निम्ति क्रान्तिको अनिवार्यतामाथि जोड दिनु भयो । उहाँले क्रान्तिकारी मजदुर आन्दोलनमा संगठित हुन आएका मजदुरहरुलाई बधाई र शुभकामना दिंदै संगठनको योजना र कार्यक्रममा डटेर लाग्न निर्देशन दिनुभयो ।

कार्यक्रमको सञ्चालन संघका केन्द्रीय संयोजक बालकृष्ण सिटौँलाले गर्नुभएको थियो भने कार्यक्रममा सहसंयोजक रामशरण तिमल्सिनाको पनि उपस्थिति रहेको थियो ।

निर्माण मजदुरहरुको पेशागत र राजनीतिक हक अधिकारको निमित्त क्रियाशील संघ, अखिल नेपाल क्रान्तिकारि ट्रेड युनियन महासंघको प्रमुख पेशागत घटक मानिन्छ। अनौपचारिक क्षेत्रमा कार्यरत निर्माण मजदुरहरुको दैनिकी कष्टकर एवं कार्यक्षेत्र जोखिमपुर्ण नै रहेको, अपेक्षित ज्याला एवं पारिश्रमिकको प्रवन्ध बिगत देखि नै न्यून रहेको भन्दै पेशागत सुरक्षाका लागि संगठित रुपमा आन्दोलन चर्काउने तयारी यो संघ तथा महासंघले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :