क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले मनायो १८ औँ विजय उत्सव

क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाले मनायो १८ औँ विजय उत्सव

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति पाल्पाले महान् जनयुद्धको क्रममा पाल्पा सदरमुकाम कब्जा गरेको दिन स्मरण गर्दै माघ १८ लाई विजय उत्सवको रूपमा मनाएको छ । २०६२ माघ १८ गते राति महान् जनयुद्धको क्रममा पाल्पाको सदरमुकाम तानसेन आक्रमण गरि कब्जा गरिएको थियो ।

बिहीबार पाल्पाको तानसेन सदरमुकाममा आयोजित उक्त विजय उत्सव कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक पुनले क्रान्तिको निरन्तरता कै क्रममा यो विजय उत्सव मनाइएको बताए । साथै उनले उक्त परिवर्तनकारी आन्दोलनमा पाल्पाली उत्पीडित जनताको साथमा मुक्ति आन्दोलन निरन्तर चलिरहेको बताए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य रिम, केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला सङ्गठन समितिका इन्चार्ज ज्वाला, क्रान्तिकारी युवा सङ्गठन, नेपाल रुपन्देही जिल्ला सङ्गठनका संयोजक ओमकुमार लगायतका अतिथिहरूसहित जिल्लाका नेताकार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समितिका संयोजक दिग्दर्शनले गरेका थिए भने सञ्चालन जिल्ला कार्यालय सचिव हेमन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :