बैङ्लोरमा मनाइयो जनवादी तीज

बैङ्लोरमा मनाइयो जनवादी तीज

कर्नाटक , भारत:  अखिल भारत प्रवासी नेपाली एकता समाज कर्नाटक राज्य समिति महिला विभाग बैङ्गलोरको आयोजनामा प्रगतिशील तीज कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम समाजका केन्द्रीय सहसंयोजक शिशिरको प्रमुख आतिथ्य, पार्टी जिल्ला इन्चार्ज देवेन्द्र रावल ‘दिनेश’ को विशेष आतिथ्य, जिल्ला संयोजक लक्ष्मण बुढा, केन्द्रीय सदस्य तथा राज्य संयोजक जनक जप्रले, सहसंयोजक विवेक स्नेही, पदम विक, सुरेश क्षेत्रीलगायतको आतिथ्यमा सम्पन्न भएको जनाइएको छ ।
कार्यक्रममा सहभागी महिलाहरूले विभिन्न जनवादी गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत गरिएको ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन’ बोलको जनवादी गीतले सहभागी सबैमा क्रान्तिकारी उत्साह पैदा गरेको थियो । उक्त क्रान्तिकारी गीतमा राज्य सहसंयोजकसहित स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम समाजकी केन्द्रीय सदस्य तथा कर्नाटक महिला विभाग प्रमुख पवित्रा क्षेत्रीको अध्यक्षता र महिला विभाग सहसंयोजक मीना खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :