प्रवासको संसद्वादी सङ्गठनमा पहिरो

अखिल भारत एकता मञ्च परित्याग गरी अखिल भारत प्रवासी नेपाली एकता समाजमा प्रवेशको लहर

प्रवासको संसद्वादी सङ्गठनमा पहिरो

लुधियाना (पन्जाब, भारत)
भारतमा लामो समयादेखि कार्यरत नेपालीहरू विगत लामो समयदेखि नेपालका विभिन्न राजनीतिक पार्टीका भ्रातृ सङ्गठनका रूपमा काम गर्दै आएका छन् । नेपालका संसद्वादी पार्टीहरूले प्रवासी नेपालीलाई अहिलेसम्म पनि भ्रम दिने र आफ्नो भोट बैङ्कका रूपमा दुरुपयोग गर्दै आएका छन् तर अब उनीहरूले समर्थन गर्ने पार्टीहरू साम्राज्यवादका दलाल बनिसकेका र संसद्वादमा पतन भइसकेको निष्कर्ष निकाल्दै भारतका विभिन्न ठाउँमा विद्रोह गरी प्रवासी नेपालीहरूको सच्चा प्रतिनिधि सङ्गठन अखिल भारत प्रवासी नेपाली एकता समाजमा प्रवेश गर्ने क्रम जारी छ ।
हरितालिका तीजको कार्याक्रमलाई सदुपयोग गर्दै पन्जाबको लुधियानामा कार्यरत दर्जनौँ नेपाली श्रमिकहरू प्रचण्ड समर्थित सङ्गठन परित्याग गरी अखिल भारत प्रवासी नेपाली एकता समाजमा प्रवेश गरेका छन् । केन्द्रीय स्तर, राज्य स्तर र नगर स्तरका कयौँ नेता–कार्यकर्ताहरूले भरत थापाको नेतृत्वमा विद्रोह गरेका हुन् ।
विद्रोह गर्नेहरूमा भरत थापा (केन्द्रीय सदस्य), मानबहादुर साउद, पद्मा थापा, अम्बा साउद, गोमा थापा, परशुराम थापा, शैलेन्द्र थापा, दिलबहादुर साउद, प्रेमबहादुर थापा, तुलाराम थापा, भीमबहादुर थापा, पर्शुराम थापा, हीरा साउद, अंशबहादुर थापा, मनु थापा, आत्माराम थापा, महावीर सुनार, गजी सिंहलगायत रहेका छन् ।
यसैबीच अखिल भारत प्रवासी नेपाली एकता समाजको आयोजनामा भारतका विभिन्न ठाउँमा नेपाली महिलाले जनवादी तीज कार्यक्रम भव्य र सानदार रूपमा सम्पन्न गरेका छन् । अखिल भारत प्रवासी नेपाली एकता समाजको आयोजनामा भारतका विभिन्न राज्यहरूमा जनवादी तीज कार्यक्रम आयोजना गरिएको हो ।
पन्जाब राज्य समितिअन्तर्गत पाठानकोट, तलवाडा, होसियारपुर, मोगा र लुधियाना गरी पाँ स्थानमा तीज कार्यक्रम सम्पन्न गरिएको हो । हरियाना, चण्डीगढ, हिमाञ्चल सबै राज्यमा तीज मनाइएको हो ।
हरियानाकै सोनीपत र दिल्ली, उत्तराखण्डको पौडीगडवालको कोटद्वार, मुम्बईको पुना, कर्नाटकको बैङ्गलोर, तेलाङ्गनाको सिकुन्द्रावादमा भव्य र सानदार रूपमा प्रगतिशील तीज कार्यक्रम मनाइएको अखिल भारत प्रवासी नेपाली एकता समाजले जनाएको छ । कार्यक्रममा भारत प्रवासमा रहेका हजारौँ महिलाको सहभागिता रहेको थियो । तीज क्रार्याक्रममा सहभागी महिलाहरूलाई अखिल भारत प्रवासी नेपाली एकता समाजमा सङ्गठित गरिएको महिला विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :