क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा दाङको लमहीमा अभियान उद्घाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा दाङको लमहीमा अभियान उद्घाटन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको दाङ जिल्ला संगठन समितिले सोमबार लमही बजारमा भब्य आमसभा गरेको छ । सयौँ सङ्ख्यामा रहेका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले नारा जुलुससहित लमही बजार परिक्रमा गरि बसपार्कमा आएर आमसभा गरेका थिए ।

कार्यक्रममा प्रमुख वक्ताका रुपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य हिरामणी दु:खीले नेपाल बैदेशिक चक्रब्युहमा फसिसकेको हुँदा नेपाल मुक्त गर्न स्वाभिमानी नेपाली एक पटक जुरुक्क उठ्नुपर्ने र यी दलालहरुलाई लखेटेर देशलाई स्वाधीन बनाउन अहिलेको आवश्यकता रहेको बताए ।

सभालाई सम्बाेधन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज समीरले गत वर्ष यी दलालहरुले राष्ट्रघाती एमसीसी कार्यान्वयन तर्फ अगाडि बढाएको हुँदा यसलाई तत्काल रोक्नका लागि जनदबाब दिन आँधिबेहरी सृजना गर्न जनताका माझ एक महिने अभियान लगेर गाउँ बस्तीहरुमा पार्टी जाने बताए । यस अभियानमा सबै शोषित-पीडित जनताले सहयोग गर्नुपर्ने र संगठनमा गोलबन्ध हुनुपर्ने समिरकाे धारणा थियो । उनले ललिता निबास काण्ड, सुन काण्ड, भुटानी शरणार्थी तथा भ्रष्टाचारको जालो भित्र सरकार फसेको र उनीहरुलाई संरक्षण गर्दै आएको कुरा राखेका थिए ।

उक्त सभालाई सम्बाेधन गर्दै अर्का केन्द्रीय सदस्य तथा थारु राष्ट्रिय मुक्ति माेर्चाका केन्द्रीय अध्यक्ष रामजी चौधरीले सम्पूर्ण जनजाति एकताबद्ध भएर अगाडि बढन अपिल गरे ।

कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिवालय सदस्य मनोजले गरेका थिए भने सभापति पार्टीका दाङ जिल्ला सह-संयाेजक तिलक बिकले गरेका थिए र सञ्चालन अमर खडकाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :