ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

ओखलढुङ्गा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम मङ्गलबार सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा १ नं. प्रदेशका इन्चार्ज निर्मलले अधिवेशन तथा प्रशिक्षण कार्यक्रमकको उद्घाटन गर्दै प्रशिक्षणमूलक मन्तब्यसहित पार्टीको नीति तथा आगामी कार्यक्रमहरूको विषयमा प्रष्ट पारेका थिए ।

कार्यक्रमका अतिथिहरू पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संयोजक सङ्कुल, केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश सङ्गठन समितिका सह–संयोजक नरेश एवम् केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पर्वत लगायतले प्रशिक्षण तथा शुभ-कामना मन्तव्य राखेका थिए ।

सोलुखुम्बु जिल्ला सङ्गठन समितिका सह–संयोजक तेन्जिङको स्वागत मन्तव्यबाट सुरुभएको सो कार्यक्रमको अध्यक्षता ओखलढुङ्गा जिल्ला सङ्गठन समितिका संयोजक निर्माणले गरेका थिए भने कार्यक्रम सञ्चालन ओखलढुङ्गा जिल्ला सङ्गठन समितिका सह–संयोजक रविनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :