क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनापतिको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनापतिको एकता अधिवेशन सम्पन्न

रामेछाप : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापले सुनापति गाउँपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न गरेको छ ।
अधिवेशनमा सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी जिल्ला इन्चार्ज लाङ्घालीले नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवाद स्थापना गर्ने धारणा व्यक्त गरे ।

अर्का अतिथि पार्टी जिल्ला संयोजक कृष्ण सेवाले जनताले क्रान्तिका गद्दारहरूको हिसाबकिताब गर्नुपर्ने, कसैलाई छूट दिनु नहुने र सम्पूर्ण उत्पीडित, उपेक्षित जनता एक भएर क्रान्ति सम्पन्न गर्नुपर्ने बताए ।

अधिवेशनमा जुवानसिं तामाङले स्वागत मन्तव्य राखेका थिए भने अखिल नेपाल क्रान्तिकारी किसान सङ्घका जिल्ला संयोजक तथा पार्टीका प्रदेश समिति सदस्य ध्यानबहादुर तामाङ र पार्टी प्रदेश समिति सदस्य तथा अखिल नेपाल क्रान्तिकारी महिला सङ्गठनकी जिल्ला संयोजक सीता गौतमले शुभकामना मन्तव्य राखेका थिए ।

पार्टी गाउँपालिका संयोजक काजीबाबु खड्काले कार्यक्रमको अध्यक्षता र सञ्चालन गरेका थिए । उनले अबको क्रान्तिमा सहिदहरूका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अधिवेशनले १५ सदस्यीय सुनापति गाउँपालिका सङ्गठन समिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :