क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल अछामको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल अछामको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

साउन १२, मंगलसेन अछाम । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल अछामको एकता अधिवेशन तथा प्रशिक्षण बैठक अछामको सदरमुकाम मंगलसेनामा सम्पन्न भएको छ ।

कमरेड बिज्ञानको अदक्ष्यतामा सुरु भएको अधिवेशनको प्रमुख अथिति क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ७ नम्वर प्रदेश संयोजक माहान हुनुहन्थ्यो । देशको बदलिदो बर्तमान राजनितिक परिस्थिति र त्यसले खडा गरेको दलाल पुँजिबादी राज्य ब्यावस्था आजको नेपाली जनताको मुख्य शत्रु भएको बताउनु भयो । यो ब्यवस्ता जनताको नभएर मुट्ठीभर दलालहरुको भएको र त्यसका बिरुद्ध लड्नु आजको आवश्यकता हो । यो परिवर्तनकारी वर्ग संघर्षमा जनताको साथमा सङ्गै लड्नु पर्ने  भयो ।

जनताको साथ र सहयोग बिना वर्ग संघर्ष अगाडी बड्न नसक्ने बताउनु भयो । साथै अर्का अथिति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा ७ नम्मव प्रदेश कार्यालय सचिव तपेन्द्र तिमिल्सेनाले देशमा अहिले राजनितिक बिकृती व्यापक ढङ्गले अगाडी बढी रहेको छ । अछामी जनता माथी अहिलेका दलाल संसदिय पार्टीका दलाल जनप्रतिनिधीहरुले जिल्लालाई बदनाम गर्न र हरेक बिकासे अड्डामा १०% देखि ३०% सम्म जनताको करबाट निर्माण भएको बिकासे योजनामा कमिसन खाने बाहेक जनताको काम गर्न नसकेको बताउनु भयो । सेवा लिन गाउँपालीका र नगरपालीकामा जादा कार्यालयमा जन प्रतिनिधि र कर्मचारी नभेटीने र सेवाग्राही खाली फर्किनु पर्ने बाध्यता छ । जिल्लामा र स्थानिय तहमा ब्यापक भ्रस्टाचार भएको छ । त्यसका बिरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल लड्नु पर्ने र जनताको साथ साथै जिल्लालाई क्रान्तिको आधार क्षेत्र निमार्ण गर्नु हाम्रो दाहित्व हो । सबै नेता कार्यकर्ता त्यसमा लाग्नु पर्ने बताउनु भयो ।

जिल्ला ईन्चार्ज शितलले प्यानल प्रस्ताव राख्नुका साथै र बस्तुगत स्थिति क्रान्तिका लागि अनुकुल भएको तर हाम्रो आसत्मगत अबस्था कमजोर भएको त्यसकालागी सबै जनताको साथ आवश्यक रहेको बताउनु भयो । बिज्ञानको संयोजकमा १९ सदस्यीय जिल्ला कमिटी गठन गर्नुका साथै सहसंयोजकमा बिराटलाई एकता अधिवेशनले निर्वाचित गर्यो । उक्त कार्यक्रमको सञ्चाल बिराटले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :