पूर्वी ब्युरोका सबै जिल्लामा शोषणकारी लघुवित्त कार्यालयहरूमा नेकपा (बहुमत) को ताला

पूर्वी ब्युरोका सबै जिल्लामा शोषणकारी लघुवित्त कार्यालयहरूमा नेकपा (बहुमत) को ताला

काठमाडौँ : नेकपा (बहुमत) को पूर्वी ब्युरोले ब्युरोअन्तर्गत रहेका जनतामारा लघुवित्तीय संस्थाका कार्यालयहरूमा तालाबन्दी गरेको छ ।
पार्टीको केन्द्रीय कार्यक्रमअनुसार चैत ८ गते प्रदर्शनसहित तालाबन्दी गरिएका लघुवित्तीय संस्थाहरूमा जीवन विकास लघुवित्तीय संस्था, प्रदेश कार्यालय, धनकुटा, जीवन विकास लघुवित्तीय संस्था, शाखा कार्यालय, कर्सिया, मोरङ, सिम्रिक लघुवित्तीय संस्था, काँकडभिट्टा, झापा, डिप्रेस लघुवित्त वित्तीय संस्था कटारी उदयपुरलगायत रहेका छन् ।


यसैबीच उदयपुरबाट प्राप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) उदयपुरले कटारीमा रहेको डिप्रेस लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय अगाडि बुधबार विरोध प्रदर्शन गरेको छ । पार्टीका ब्युरो सदस्य एवम् दनुवार राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय संयोजक मानबहादुर दनुवारको नेतृत्वमा विरोध कार्यक्रम भएको थियो । नाराजुलुससहित सयौँको सङ्ख्यामा प्रदर्शन गरी लघुवित्त संस्था घेराउ गर्नुका साथै कोणसभा आयोजना गरिएको थियो ।

कोणसभामा मानबहादुर र अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज निराजनले सम्बोधन गरेका थिए भने सञ्चालन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम् उदयपुर जिल्ला अध्यक्ष निशानले गरेका थिए । वक्ताहरूले वित्तीय संस्थाहरू खारेज गर्नुपर्ने, पीडितहरूको ऋण मिनाहा गर्नुपर्ने बताए ।
सरकार र सम्बन्धित पक्षले पीडित जनताको माग सम्बोधन नगरे थप कडा सङ्घर्षमा उत्रिने र जिल्लाका कुनै पनि लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई गाउँबस्तीमा पस्न नदिने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :