तीनबर्से जेल जीवनपछि अटल र विन्तोष रिहा, कार्यालयमा स्वागत

तीनबर्से जेल जीवनपछि अटल र विन्तोष रिहा, कार्यालयमा स्वागत

काठमाडौँ : तत्कालीन नेकपामाथि प्रतिबन्ध लगाइएको समयमा गिरफ्तार भएका रामदल श्रेष्ठ ‘अटल’ र बिन्तोस सिलवाल ‘बिन्तोस’ करिब तीन वर्षपछि रिहा भएका छन् । रिहा भएपछि उनीहरूलाई नेकपा (बहुमत) का प्रवक्ता सुदर्शन र सचिवालय सदस्य अटलले पार्टी कार्यालयमा स्वागत गरेका छन् । प्रहरीले उनीहरूलाई राज्यविरुद्धको अपराधलगायत विभिन्न मुद्दा लगाएर गिरफ्तार गरी जेल हालेको थियो । रामदल श्रेष्ठ केन्द्रीय कारागार सुन्धारा र बिन्तोस सिलवाल ललितपुरको नख्खु कारागारमा थिए । दुवैजना अदालतको आदेशमा चैत ५ गते बेलुका रिहा भएका हुन् । स्मरणीय छ, तत्कालीन नेकपाका महासचिव विप्लव र प्रकाण्डहरूले यी दुवैजनाको नाम राजबन्दीको सूचीबाट हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :