नेकपा (बहुमत) दोलखाले बुझायो प्रजिअलाई ज्ञापनपत्र

चरीकोट : नेकपा (बहुमत) जिल्ला सङ्गठन समिति दोलखाले आज नाराजुलुससहित जिल्ला प्रशासन कार्यालयका प्रमुख शेखर पौडेललाई बन्दी रिहाइ, झूट्टा मुद्दा खारेजी, जनजीविका र ३ बुँदे सहमति कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

कार्यक्रममा पार्टीका दोलखा–सिन्धुपाल्चोक इन्चार्ज विनयराज शर्माको नेतृत्वमा तामाङ राष्ट्रिय मुक्तिमोर्चाकी केन्द्रीय संयोजक सुन्तली, अखिल नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय सल्लाहकार समितिकी सदस्य पवित्रा, युवा जनस्वयम्सेवक नेपालका ब्युरो इन्चार्ज अजय श्रेष्ठ, युवाका जिल्ला संयोजक भरत, नगर इन्चार्ज ईश्वर, किसानका केन्द्रीय सदस्य गोपाललगायत ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

पार्टी जिल्ला संयोजक अन्जान लामाले ज्ञापनपत्र पढेर सुनाएका थिए ।

ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आफू सरकारले ३ बुँदे सहमति कार्यान्वयन गर्ने र बन्दी रिहा गर्ने विषयमा सकारात्मक रहेको भन्दै ज्ञापनपत्र सुझावसहित गृह मन्त्रालय पठाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :