२८ औँ जनयुद्ध दिवस भव्यतापवूर्वक मनाउने नेकपा (बहुमत) दोलखाको निर्णय

२८ औँ जनयुद्ध दिवस भव्यतापवूर्वक मनाउने नेकपा (बहुमत) दोलखाको निर्णय

दोलखा/नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला सङ्गठन समिति दोलखाको चौथो पूर्ण बैठक २८ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने निर्णयसहित सम्पन्न भएको छ ।

बैठकका प्रमुख अतिथि पूर्वी बागमती ब्युरोका इन्चार्ज अटल, अतिथिहरु दोलखा सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज विनयराज शर्मा, तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय संयोजक सुन्तली, अखिल नेपाल क्रान्तिकारी महिला सङ्गठनकी केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय सल्लाहकार समितिकी सदस्य पवित्रा, युवाका ब्युरो इन्चार्ज अजयको उपस्थिति रहेको थियो ।

बैठकमा जिल्ला समितिका सदस्यहरूले आआफ्ना क्षेत्रका रिपोर्टिङ गरेका थिए ।

बैठकका प्रमुख अतिथि पूर्वी बागमती ब्युरोका इन्चार्ज अटलले भाव सम्प्रेषणसहित निर्देशनात्मक र प्रशिक्षणात्मक भनाइ राखेका थिए ।

बैठकले १ महिने अभियानसहित २८ औँ जनयुद्ध दिवस मनाउने केन्द्रीय समितिको निर्णय जिल्लामा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

बैठकमा क्रान्तिको सम्भावना, चुनौती र समाधानका विषयमा संयोजकले बोलेका थिए । युवाका ब्युरो इन्चार्ज अजय तामाङ, राष्ट्रिय मुक्ति मोर्चाकी संयोजक सुन्तली र सल्लाहकार समितिका सदस्य पवित्राले अनुभूतिजन्य मन्तव्य राखेका थिए ।

बैठकका अतिथि तथा दोलखा–सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज विनयले पार्टीका आगामी योजना कार्यान्वयनका लागि काम गर्नुपर्ने बताएका थिए । बैठकको अध्यक्षता तथा सञ्चालन जिल्ला संयोजक अन्जान लामाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :