जलक्रीडा

जलक्रीडा

चाङ्साको पानी पिएर म भर्खरै
लाग्दैछु युचाङको माछा खान
पौडँदैछु म अहिले
विशाल याङ्जीको हरेक किनारा
नियाल्दै टाढाटाढा चुको खुला आकाश ।

छालहरूलाई ठोक्किन देऊ र पवनलाई झोक्किन देऊ
हजार गुणा सुन्दर रल्लिनुभन्दा आलस्यले उद्यानमा
आरोग्य छ मलाई, स्वामीका अनुसार
‘यो प्रवाहद्वारा निर्मित आरोग्य
त्यसकारण हरेक कुरा फैलन देऊ टाढासम्म ।’

नौकापाल बग्दछन् पवनसँगै
कछुवाहरू र सर्पहरू जस्ताका तस्तै छन्
र बनिरहेछन् ठूलो षड्यन्त्रको ताना
पुल लाग्नेछ उत्तर र दक्षिणको लम्बाइ नाप्न
पल्टा खाँदै राजमार्गको गहिरो उतारचढाव
बोक्नलाई पछिल्लो युसाङको बादल र वर्षा
पर्खालका चट्टानहरू उछालिनेछन् पश्चिमतिर
अझै पनि एउटा निर्मल पोखरी
छल्किरहेछ साँघुरो सङ्कटमा
अझै पनि हिमदेवता जीवितै छ भने त्यहाँ
फेरिएको संसारमा एउटा चमत्कार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :