बन्दुकको आडमा दमन नगर्न रामारोशनका प्रशासकलाई नेकपा (बहुमत) को चेतावनी

बन्दुकको आडमा दमन नगर्न रामारोशनका प्रशासकलाई नेकपा (बहुमत) को चेतावनी

अछाम : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) अछामले रामारोशन गाउँपालिकाका शासक/प्रशासकलाई आन्दोलनरत पक्षमाथि बन्दुकको आडमा दमन नगर्न चेतावनी दिएको छ । पार्टीका संयोजक विराटले विज्ञप्तिमार्फत यस्तो चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा संयोजक विराटले रामारोशन गाउँपालिकाले करार कर्मचारी भर्नाका लागि लिइएको परीक्षामा लाखौँ पैसाको खेलोमा प्रश्नपत्र आउट गरी आफूनिकटका मान्छेलाई उत्तीर्ण गराएकाले परीक्षामा सहभागी अन्य दुई दर्जनभन्दा बढी उम्मेदवारले त्यसको प्रतिवाद गर्दै परिक्षा रद्द गरिनुपर्ने मागसहित गाउँपालिकामा तालाबन्दी गरेको र आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्नुको सट्टा प्रहरी लगाएर पक्राउ गर्ने, डरधम्की दिने कार्य भैरहेकाले यस्ताखाले कार्य रोक्न माग गरेका छन् ।

साथै उनले विगतदेखि नै रामारोशन गाउँपालिकामा आर्थिक अराजकताका थुप्रै घटना बाहिर आए पनि सत्ता र पैसाको आडमा गुपचुप पार्ने गरिएकाले यस्ता कार्य तत्काल रोक्न र आन्दोलनकारी पक्षका माग तत्काल सम्बोधन गर्न माग पनि गरेका छन् ।

मङ्गलबार बेलुकी मात्र रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले आन्दोलनमा सहभागी नेकपा (बहुमत) अछामका जिल्ला समिति सदस्य जगत साउँदमाथि मदिरामत्त जमातद्वारा कुटपिटसमेत गराएको जिल्ला सदस्य साउँदले बताएका छन् । साथै उनले भण्डारीले आफ्ना अपराध लुकाउन भौतिक आक्रमणको धम्की दिएर आन्दोलनरत पक्षलाई गलाउन, असफल गराउन खोजेको भन्दै माग पूरा नभएसम्म कुनै पनि हालतमा दलाल कर्मचारी र सत्तासँग नझुक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :