चितवनमा १३० औँ माओ दिवस मनाइयो

चितवनमा १३० औँ माओ दिवस मनाइयो

चितवन : विश्वसर्वहारा वर्गका महान् नेता एवम् चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओ त्सेतुङको १३० औँ जन्मदिवसका सन्दर्भमा नेकपा (बहुमत) र अन्य दुई कम्युनिस्ट पार्टीसहित तीन पार्टीको आयोजनामा सयुक्त कार्यक्रम चितवनमा सम्पन्न भएको छ । सोमबार चितवन उद्योग वाणिज्य सङ्घको सभा हलमा नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (मशाल) ले संयुक्त रूपमा माओ दिवस मनाएको हो ।

उक्त कार्यक्रममा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला इन्चार्ज महेश चौधरी र राष्ट्रिय थारु मुक्ति मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष बुद्धि थारु, नेकपा (क्रान्तिकारी माओवादी) की नेतृ अम्बिका मुडवारी, केन्द्रीय सदस्य विकास र केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने, नेकपा (मशाल) का प्रतिनिधि गंगा पौडेल र सहिद परिवार (मनिस कुवरको) बुवा खडक कुवरको उपस्थिति रहेको थियो ।

नेकपा (क्रान्तिकारी माओवादी) चितवनका नेता बाबुराम प्यासीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा चितवन जिल्ला संयोजक दुर्गाप्रसाद सुवेदीले गरेका थिए भने स्वागत मन्तव्य नेकपा (मशाल) का प्रतिनिधि कमल गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :