चिङकाङ सानमा फेरि पुग्दा

चिङकाङ सानमा फेरि पुग्दा

मैले धेरै समयदेखि आकाङ्क्षा सँगालेको छु
बादलहरुलाई छुने
फेरि म आएको छु टाढाबाट
चढ्न भनेर चिङकाङ सान
त्यो हाम्रो पुरानो आश्रय थलो
विगत दृश्यहररू फेरिइसकेका छन्
ओरियल चराहरु गाउँछन्
भीर–गौंथलीहरू कावा खाँदै उड्छन्
कलकल गरेर बग्छन् चारैतिर सोतोहरू
र बाटो अक्कासिँदै माथितिर लाग्छ
एकपल्ट ह्वाङ याङ चेलाई पार गरेपछि
अरू कुनै पनि भयङ्करर ठाउँले आँखा तान्दैन
बतास र चट्याङ चलायमान भइरहेछन्
ध्वजा र पताकाहरू उडिरहेछन्
जहाँ जहाँ मानिसहरू बस्दछन्
अठ्तीस वर्षहरू सडेर गइसके
यसो आँखा झिमिक्क गर्दैमा
हामी नवौँ लोकमा चन्द्रमालाई अँगालो हाल्न सक्छौं
र पञ्चसिन्धुहरूमा गोता खाएर कछुवाहरू समात्न सक्छौं
हामी विजयका गीत र खित्काहरूका माझ फर्कनेछौँ
यो संसारमा गाह्रो भनेको कुनै कुरो छैन
चुलीहरुलाई नाप्ने आँट तिमी गर्दछौ भने ।
           

१३० औं माओ दिवसको अवसरमा

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :