कञ्चनपुरमा चुनाव अवज्ञा आह्वान गर्दै पर्चा र पोस्टरिङ

कञ्चनपुरमा चुनाव अवज्ञा आह्वान गर्दै पर्चा र पोस्टरिङ

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कञ्चनपुरले मङ्सिर ४ मा हुने भनिएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अवज्ञाका क्रममा पर्चा र पोस्टरिङलाई तीव्र बनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रदेश तथा प्रतिनिधिसभाको चुनाव अवज्ञा आह्वान गर्दै पर्चा वितरण र पोस्टर टाँसिएको छ ।

नेकपा (बहुमत) कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव दीपेन्द्रसिंह ऐरीले निर्वाचन अवज्ञा तथा बहिष्कारसभा नेकपा (बहुमत) सहित चार दलद्वारा संयुक्त रूपमा धनगढीमा हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :