नेकपा (बहुमत) मधेस ब्युरोद्वारा मनकुमारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समवेदनापत्र हस्तान्तरण

नेकपा (बहुमत) मधेस ब्युरोद्वारा मनकुमारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समवेदनापत्र हस्तान्तरण

धनुषा : नेकपा (बहुमत) मधेस ब्युरोले ६० वर्षको उमेरमा निधन भएकी अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय सदस्य लक्ष्मी पाण्डेकी हजूरआमा मनकुमारी पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मनकुमारीका छोरा युवराज पाण्डेलाई समवेदनापत्र हस्तान्तरण गरेको छ । मनकुमारीको ६० वर्षको उमेरमा यही असोज २१ गते निधन भएको थियो ।

समवेदनापत्र पार्टी केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज नयन, पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्यहरू महोत्तरी जिल्ला इन्चार्ज झमान सिंह, सर्लाही जिल्ला इन्चार्ज निर्माण, सिराहा–सप्तरी इन्चार्ज सुमन, धनुषा जिल्ला इन्चार्ज विमला, रौतहट जिल्ला इन्चार्ज बाबु, बारा जिल्ला इन्चार्ज बद्रीलगायतले हस्तान्तरण गरेका हुन् ।

समवेदनापत्र हस्तान्तरण गर्दै ब्युरो इन्चार्ज नयनले नेपालको हरेक आन्दोलन र वर्गसङ्घर्षमा निरन्तर साथ–सहयोग गरिरहने आमा मनकुमारीको निधनले पार्टीका नेता–कार्यकर्ता स्तब्ध भएको बताए । शोकलाई शक्तिमा बदल्दै अपूरो क्रान्तिलाई पूर्णता दिन परिवारबाट निरन्तर साथ–सहयोग प्राप्त भइरहने अपेक्षा पार्टीले गरेको पनि नयनले बताए ।

मनकुमारीको परिवारबाट अहिले अखिल नेपाल महिला सङ्गठनकी केन्द्रीय सदस्य लक्ष्मी पाण्डे र महिला सङ्गठनकी जिल्ला उपाध्यक्ष चन्द्रकला पाण्डे क्रियाशील छन् ।

श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माणले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :