नेकपा (बहुमत) सर्लाहीको अभियान जारी, जनसङ्गठन निर्माण तीव्र

नेकपा (बहुमत) सर्लाहीको अभियान जारी, जनसङ्गठन निर्माण तीव्र

सर्लाही : नेकपा (बहुमत) मधेस प्रदेशको आयोजनामा सर्लाहीमा राष्ट्रिय जनजागरण तथा सङ्गठन विस्तार अभियान २०७९ का क्रममा तीव्र रूपमा जनसङ्गठनहरू निर्माण भएका छन् ।

अभियानकै क्रममा जिल्लाको गोडैता वडा नं. १० र ११ मा आयोजित जनभेलाबाट कृषनन्दन चौधरी अध्यक्ष रहेको १३ सदस्यीय अखिल (क्रान्तिकारी) को एकाइ समिति गठन गरिएको छ ।

त्यसैगरी सोमारीदेवी मण्डलको अध्यक्षतामा १५ सदस्यीय अखिल नेपाल महिला सङ्गठन, अमरेश चौधरी अध्यक्ष रहेको युवा जनस्वयम्सेवक नेपाल, महेन्द्र चौधरी अध्यक्ष रहेको १३ सदस्यीय मधेसी मुक्ति मोर्चाको एकाइ समिति गठन गरिएको छ ।

यसैगरी अभियानकै क्रममा गोडैता नगरपालिका, हरिवन नगरपालिका, बागमती नगरपालिका, विष्णु गाउँपालिका, मलङ्गवा नगरपालिकालगायत स्थानमा मार्च पास्ट, कोणसभा, भित्तेलेखन गरिएको छ । अभियानमा मिटरब्याजी, स्थानीय तहहरूको बेरुजू, भ्रष्टाचार, दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्दै जनजागरण सञ्चालन गरिएको छ ।

अभियानमा देशभक्त, वामपन्थी, क्रान्तिकारी शक्तिहरूलाई सङ्गठित गरिएको छ । सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवामा मार्च पास्टपछि कोणसभा आयोजना गरिएको थियो । कोणसभामा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य सुमन र नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माणले सम्बोधन गरेका थिए । निर्माणले गाउँगाउँमा अभियान पुग्दा नागरिकहरू राज्यसत्ताबाट ज्यादै उत्पीडनमा परेको पाइएको बताए । पार्टीको अभियान गाउँमा पुग्दा जनता निकै उत्साहित भएर सङ्गठित भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :