आन्दोलनकारीमाथि बनेपामा भएको आक्रमण आपराधिक दुष्कर्म : नेकपा (बहुमत) काभ्रे

आन्दोलनकारीमाथि बनेपामा भएको आक्रमण आपराधिक दुष्कर्म : नेकपा (बहुमत) काभ्रे

बनेपा : नेकपा (बहुमत) काभ्रेपलाञ्चोकले विज्ञप्ति जारी गरी मङ्गलबार चार कम्युनिस्ट घटकले तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गर्दै आयोजना गरेको नेपाल बन्द कार्यक्रमका क्रममा बनेपा नगरपालिकामा आन्दोलनकारीमाथि भएको जघन्य आक्रमण र बीभत्स प्रहारलाई आपराधिक दुष्कर्मको संज्ञा दिँदै अपराधीहरूमाथि कारबाही गर्न माग गरेको छ ।

पार्टीका जिल्ला संयोजक किरणले जारी गरेको प्रेस विज्ञप्तिमा शान्तिपूर्ण ढङ्गले माग पेस गर्नु संवैधानिक अधिकार रहेको तर आन्दोलन र आन्दोलनकारीमाथि भौतिक आक्रमण गर्नु घोर असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक र असहिष्णु रहेको उल्लेख छ । विज्ञप्तिमा दोषीमाथि निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :