मिटरब्याजीविरुद्ध युवा जनस्वयम्सेवकको ज्ञापनपत्र, आन्दोलनप्रति प्रशासनको सकारात्मक चासो

मिटरब्याजीविरुद्ध युवा जनस्वयम्सेवकको ज्ञापनपत्र, आन्दोलनप्रति प्रशासनको सकारात्मक चासो

काठमाडौँ : नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक नेपालले मिटरब्याजीलगायत आर्थिक विकृति, शोषण र अन्यायविरुद्ध देशव्यापी रूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन सुरु गरेको छ । यसै क्रममा मङ्गलबार काठमाडौँ र ललितपुर जिल्ला प्रशासन कार्यालयमा पुगी युवा जनस्वयम्सेवक नेपालले प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापनपत्र बुझाएको छ ।

युवा जनस्वयम्सेवक नेपालका केन्द्रीय सचिवालय सदस्य विवेक दाहाल नेतृत्वको टोलीले काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउन ईश्वरलगायत युवा जनस्वयम्सेवक नेपालका युवाहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले युवा सङ्गठनले राम्रो अभियान ल्याएकाले आफूहरूको पूरा सहयोग रहने बताएको जानकारी युवा नेता दाहालले रातो खबरलाई दिए ।

त्यसैगरी युवा जनस्वयम्सेवक नेपालकी कोषाध्यक्ष कविता कार्की नेतृत्वको युवा टोलीले ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो । उक्त टोलीमा युवा जनस्वयम्सेवक नेपाल ललितपुरका इन्चार्ज युकेन्द्रलगायत युवा सहभागी रहेको बताइएको छ । ज्ञापनपत्र बुझ्दै ललितपुरका प्रुख जिल्ला अधिकारीले पनि मिटरब्याजी शोषणविरुद्ध युवा आन्दोलनमा आफूहरूको पनि सहयोग रहने बताएको जानकारी युवा नेता युकेन्द्रले रातो खबरलाई दिए ।

युवा जनस्वयम्सेवक नेपालका अध्यक्ष हरिश भट्टद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा जनताको उठीबास लगाउने मिटरब्याजी प्रथा खारेज गर्न, यस किसिमका जनतामारा सूदखोर र ठगहरूलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :