नेकपा (बहुमत) मकवानपुरद्वारा पीडित बालिका र दुइ छात्रालाई न्याय दिलाउन माग

नेकपा (बहुमत) मकवानपुरद्वारा पीडित बालिका र दुइ छात्रालाई न्याय दिलाउन माग

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मकवानपुरले कैलास गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष भुवन घलान र हेटौँडा क्याम्पसका घटनाका दोषी कर्मचारीहरूलाई कानुनी कारवाही गरी पीडित बालिका र दुइ छात्रालाई न्याय दिलाउन जोडदार माग गरेको छ । साथै उक्त घटनाका दोषीमाथि कडा कारवाही नगरिएमा कडा सङ्घर्ष गर्ने चेतावनी समेत दिएको छ ।

बिहीबार जिल्ला संयोजक शक्तिले प्रेस विज्ञप्तिमार्फत बालिकामाथि भएको यौन हिंसा जन्य भुवन घलानबाट भएको गतिविधिप्रति घोर निन्दा गर्दै यस्तो कुकार्य गर्ने व्यक्तिलाई कडा कानुनी कारवाही गर्नुको ठाउँमा थुनामा रहेका व्यक्तिलाई छोड्नु शान्ति सुरक्षामाथिको प्रश्न भएको भन्दै सो कार्यप्रति र हेटौँडा बहुमुखी क्याम्पस घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) स्थापनाकालदेखि नै समाजमा रहेका व्याप्त विकृति विसंगति, अन्याय र अत्याचार, बलात्कार र भ्रष्टाचार सबैखाले शोषणका विरुद्ध सङ्घर्ष गर्दै वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका निम्ति निरन्तर सङ्घर्षमा रहेको सर्वविदितै छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा मकवानपुर जिल्ला कैलास गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष जस्तो गरिमय पदमा रही आम जनतालाई पूर्ण सुरक्षा ग्यारेन्टी गर्नुपर्ने जिम्मेवार बोकेका वडा अध्यक्ष सो स्थानकी बालिकामाथि भएको यौन हिंसा जन्य भुवन घलानबाट भएको गतिविधिप्रति हाम्रो पार्टी घोर निन्दा गर्दछौँ । यस्तो कुकार्य गर्ने व्यक्तिलाई कडा कानुनी कारवाही गर्नुको ठाउँमा थुनामा रहेका व्यक्तिलाई छोड्नु शान्ति सुरक्षामाथिको प्रश्न हो । सो कार्यप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो दिनहरूका हेटौँडा बहुमुखी क्याम्पस घटनाप्रति पनि गम्भीर ध्यानाकर्षण भएको छ । यी दुई घटनाले मकवानपुरमा सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘जिल्ला प्रशासनले गम्भीर भएर पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न हाम्रो पार्टी जोडदार माग गर्दछ । छोडिएको वडा अध्यक्ष भुवन घलान र हेटौँडा क्याम्पसका घटनाका दोषी कर्मचारीहरूलाई कानुनी कारवाही गरी पीडित बालिका र दुइ छात्रालाई न्याय दिलाउन हाम्रो पार्टी माग गर्दछ । यदि कडा कारवाही नगरिएमा सङ्घर्ष गर्ने बाध्य हुनेछौँ । उक्त सङ्घर्षबाट आउने परिणामको जिम्मेवारी स्वायम्ले लिनुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :