सिन्धुलीबाट नेकपा जिल्ला सेक्रेटरी र विशेष समिति सदस्य, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित ११ जना गिरफ्तार

सिन्धुलीबाट नेकपा जिल्ला सेक्रेटरी र विशेष समिति सदस्य, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित ११ जना गिरफ्तार

काठमाडौँ : नेपाल बन्दका लागि आह्वान र अनुरोधका साथ माइकिङ गर्दै हिँडेका नेकपा सिन्धुलीका सेक्रेटरी गोपाल ब्लोन, विशेष समिति सदस्य शशी राई, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य भरत बुर्जासहित ११ जनालाई प्रहरीले आज बिहान साढे सात बजे सिन्धुलीमाडीबाट गिरफ्तार गरेको छ । बन्द गराउन जनसमुदायलाई अनुरोध गर्दै हिँडेको समयमा प्रहरीले सेक्रेटरी ब्लोन, विशेष समिति सदस्य राई, नेकपाका जिल्ला सदस्यहरु भरत दाहाल, ज्ञानबहादुर मोक्तान, विक्रम तामाङ, आरएन तामाङलगायतलाई गिरफ्तार गरेको हो । ज्ञानबहादुर, विक्रम र आरएनलाई भने हरिहरपुरगढीबाट गिरफ्तार गरी कपिलाकोट प्रहरी चौकीमा राखिएको बताइएको छ ।

त्यसैगरी क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज एवम् पार्टी केन्द्रीय सदस्य भरत बुर्जा, जिल्ला सेक्रेटरी, थलप्रसाद देवकोटा, प्रदेश सल्लाहकार इन्दिरा रायमाझी, हरि बस्नेत, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष ढकप्रसाद देवकोटा र नरबहादुर सार्कीलाई पनि प्रहरीले सिन्धुलीमाडीबाट सामूहिक रूपमै गिरफ्तार गरेको सिन्धुलीबाट प्राप्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :