२७ औँ जनयुद्धको पुर्वसन्ध्यामा चितवनमा दिप प्रज्वलन

२७ औँ जनयुद्धको पुर्वसन्ध्यामा चितवनमा दिप प्रज्वलन

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले भरतपुर महानगरको चौबिसकोठीमा सयौँ कार्यकर्ताको उपस्थितिमा २७ औँ जनयुद्धको पुर्वसन्ध्यामा दिप प्रज्वलन गरेको छ ।

सो कार्यक्रममा नेकपा चितवनका विशेष समिति सदस्य उत्सवले जनयुद्धको सपना पूरा भएका छैन, प्रमुख नेताले धोका दिएको कारण आज कुनै परिवर्तनको अनुभव नेपाली जनतालाई भएन, अबफेरि अधुरो क्रान्तिलाई एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद ल्याउन नेपाली जनता लाग्नुपर्ने बताए । 

उक्त कोण सभाको सञ्चालन विशेष समिति सदस्य ध्रुवले गरेका थिए ।

२०५२ साल फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध घोषणा गरेको थियो । १० वर्षसम्म चलेको जनयुद्धमा तत्कालीन अध्यक्ष प्रचण्ड, बाबुरामले शान्ति सम्झौतामार्फत् संसदीय व्यवस्थामा पतन गराएपछि क्रान्तिकारी धारको नेतृत्व गर्दै महासचिव विप्लवको नेतृत्वमा नेकपाले हरेक वर्ष जनयुद्ध दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :