जनपत्रकार संगठन सर्लाहीले बुझायो महासंघलाई ६ बुँदे ज्ञापनपत्र

जनपत्रकार संगठन सर्लाहीले बुझायो महासंघलाई ६ बुँदे ज्ञापनपत्र

काठमाडौँ: जनपत्रकार संगठन नेपाल सर्लाही जिल्ला समितिले पत्रकार महासंघ जिल्ला शाखा सर्लाहीलाई ज्ञापनपत्र बुझाएको छ । महासंघलाई मर्यादित, व्यवस्थित र जिम्मेवार बनाउन भन्दै संगठनले ज्ञापनपत्र बुझाएको हो ।

संगठनको केन्द्रीय नीति अनुसार संगठनका जिल्ला संयोजक राजेश पाठक नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएका हो । ‘नेपाली पत्रकारहरुको साझा संस्थाको रुपमा चिनिने नेपाल पत्रकार महासंघलाई पनि साझा, मयादित, अनुशासित र जिम्मेवार संस्थाको रुपमा हेर्न चाहन्छ ।’ महासंघलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस कदम चालि कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुनस्थापना गहत र स्वास्थ्य उपचारका लागि पहल गरियोस् ।’

संगठनले पत्रकारको बिमा अनिवार्य गर्न माग गरेको छ । ‘नेपाल सरकारद्वारा विमाङ्क रकम हाल्ने गरि श्रमजीवी पत्रकारहरुको निशुल्क ५ लाख बराबरको स्वास्थ्य विमा गर्न सम्बन्धित ठाउँमा पहल गरिहोस् र त्यस्तो विमा गर्दा सहज र सजिलो प्रक्रियाबाट हुने गरि सबै पत्रकारहरुमा पूर्ण रुपमा कार्यान्वयन गरिहोस् ।’ ज्ञापन पत्रमा भनिएको छ ।

सदस्यता सुद्धिकरण गर्न संगठनले विशेष जोड दिएको छ । ‘महासंघका सदस्यहरूको सुद्धिकरण गर्दै सबै पत्रकार संगठन र पत्रकारहरुको महासंघमा सहभागिताका लागि थप मर्यादित र जिम्मेवारी हुदै पत्रकारिता गरिरहेका पत्रकारलाई सहज र निश्पक्ष रूपमा सदस्यता प्राप्त हुने सुनिश्चित वातावरण गरिहोस् ।’ ज्ञापनपत्रमा भनिएको छ ।

‘नेपाल पत्रकार महासंघले परिचालन गर्ने आर्थिक कारोवार पारदर्शि गरिहोस् ।’ ज्ञापनपत्रमा भनिएको छ, ‘केन्द्र, प्रदेश र स्थानिय सरकारबाट प्राप्त हुने विज्ञापनहरु महासंघमार्फत समानुपातिक प्राणालीबाट सबै मिडियाहरुले पाउने वातावरण गरिहास् ।’

पत्रकारहरुको क्षमता वृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गर्न समेत संगठनले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :