नेपालमा लगानी बढाउँदै चीन

काठमाडौंः नेपालका प्रम देउवा भारत भ्रमणमा रहिरहेकै समयमा चीनका कानुन, पूर्वाधार तथा अर्थमन्त्री युआन सुहङ नेपाल भ्रमणमा छन् । उनले चीन–नेपालको दीगो विकासका लागि पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्न चाहेको र त्यसका लागि ठोस प्रस्ताव ल्याउन मागसमेत गरेका छन् । सुहङले आफ्ना समकक्षी वीरबहादुर बलायरसमक्ष सो प्रस्ताव राखेका हुन् । नेपालले ओवीओआर (एक पाटो, एक बाटो) मा भारतको दबाव हुँदाहुँदै पनि संलग्नता जनाएपछि त्यसबाट हर्षित चीनले केही क्षेत्रमा ठूलो लगानी गर्न चाहेको हो । चीनले थप निर्माण कार्य गर्ने प्रकृयामा रहेका क्षेत्रहरु–– कलंकी–बालाजु–कोटेश्वर चक्रपथ खण्डको विस्तार (हाल कोटेश्वर–कलंकी निर्माण हुँदै)– टोखा–छहरे ३४ किमी सडक (सुरुङ मार्गसहित)– धुलिखेल–लिपिङ (११४ किमी) दुई लेन बनाउने– पोखरा–बागलुङ सडक दुई लेन (चीनले नै बनाएको सडक)– मेची–महाकाली रेल सेवामा लगानी– सिंगात्से–चेरुङ हुँदै काठमाडौंसम्म रेल सेवा– काठमाडौं–पोखरा–लुम्बिनी रेल सेवा निर्माणमा पनि सहयोग गर्न चाहेको देखिन्छ । (सन् २०२० सम्म चीनको रेल सेवा नेपालको सीमाबाट २२ किमी उत्तर ऐतिहासिक चेरुङ–उपत्यकासम्म आइपुग्दै छ ।)

२०७४ भाद्र १० गते १ः२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :